×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा संचालित सुपथ मूल्य पसल बन्द, स्थानीय भन्छन् ‘सधैका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँ’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कैलालीमा संचालित सुपथ मूल्य पसल बन्द, स्थानीय भन्छन् ‘सधैका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँ’ (भिडियो)

Artha Sarokar

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
धनगढी । चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएको छ । कैलालीमा असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । स्थानीयले भने सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र केन्द्रीत नगरी अन्य समयमा पनि सञ्चालन गरिनुपर्ने माग गरेका छन् । 
कैलालीको धनगढी र अत्तरियामा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालनमा आएका सुपथ मूल्य पसल बन्द भएका छन् । पसल सञ्चालनको अन्तिम दिन शनिबार पनि उपभोक्ताको बाक्लो भिड लागेको थियो । असोज १५ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट १ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको साल्ट टे«डिङ कर्पाेरेशन धनगढी शाखाले बताएको छ ।
चाडपर्वको समयमा सुपथ मूल्य पसलबाट ४० हजार बढी उपभोक्ताले लाभ लिएका छन् । शनिबारदेखि सुपथ मूल्य पसल बन्द हुने भएपछि स्थानीयहरु सामान खरिद गर्नका लागि लामो लाइनमा बसेका देखिन्थे । अन्य पसलमा भन्दा सस्तोमा खाद्य वस्तु उपलब्ध हुने भएकाले यो पसल चाडपर्वको समयमा मात्र नभएर सधैका लागि सञ्चालन गरिनुपर्ने माग उनीहरुको छ ।
यस वर्ष सुदूरपश्चिमको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा आएको थियो । सुपथ मूल्य पसललाई अव भने स्थायी बिक्री केन्द्रका रूपमा राख्ने योजना अनुसार काम भइराखेको साल्ट टे«डिङ कर्पाेरेसनले बताएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी