×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुर्या लाइफ इन्स्योरेन्सका सीइओ शिवनाथ पाण्डेद्वारा राजीनामा, विवेक झा नयाँ सीइओ भएर जाँदै !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ  । सुर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिवनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार मंसिर १ देखि लागु हुने गरी संचालक समितिमा राजीनामा पत्र बुझाएका हुन् । ३ महिना कार्यकाल बाँकी रहेका उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएको बताइएको छ । 
उनी जीवन बीमा कम्पनीहरुको छाता संगठनका अध्यक्ष पनि हुन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका चार्टर्ड एकाउन्टेन्ट पाण्डे २०७३ फागुनमा सुर्या लाइफ इन्स्योरेन्सको सीइओ पदमा नियुक्त भएका थिए । यसअघि नेपाल लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत रहेका विवेक झा अब सूर्या लाइफ इन्स्योरेन्सको नयाँ प्रमुख कार्यकारी अधिकृत भएर जाने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: