- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ थलङ बस्ने रणध्वज थलङको घरमा बुधबार आगलागी हुँदा करिब २२ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
आगलागी हुँदा घर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन, २ तोला सुन, १ लाख ५० हजार रुपैयाँ नगद लगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोले पोलेर सामान्य घाइते भएका रणध्वजका २ वटा छोरीहरू र श्रीमतीको प्राथमिक स्वास्थ्य केन्द्र थलङमा उपचार भइरहेको छ ।