×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुस्तकमा लगाएको कर हट्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पुस्तकमा लगाएको कर हट्यो !

Artha Sarokar

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिएका थिए । तर नयाँ अर्थमन्त्रीमा बिष्णु प्रसाद खतिवडा आएसँगै उनले पुस्तकमा लगाइँदै आएको कर हटाउन प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । 
 सो प्रस्ताव बैठकले पारित गरेपछि अब पुस्तकमा कर नलाग्ने भएको एक मन्त्रीले जानकारी दिए । यस्तै कोरोना भाइरसविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित एक समिति गठन गरिएको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी