×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालगोपालेश्वर मन्दिर मंसिर १ र २ गते खुल्ने, पाँच वर्षपछि दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरी पूजा गर्न पाउने ! (भिडियो)

PRIME CA

बालगोपालेश्वर मन्दिर मंसिर १ र २ गते खुल्ने, पाँच वर्षपछि दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरी पूजा गर्न पाउने ! (भिडियो)

३० कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । यो वर्षको भाइटीकाका लागि मंसिर १ र २ गते बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ । २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पूर्ननिर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणमा सम्पन्न भएपछि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको हो । 
उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पूर्ननिर्माणको काम लामो समयसम्म जारी रहेकाले भूकम्पपछि बन्द रहेको मन्दिर भाइटीकाको अवशर पारेर मंसिर १ र २ गते गरी दुई दिन खुला गरिने बताउनुभयो । यो वर्ष मंसिरमा भाइटीका परेको छ । प्रमुख शाक्यले एक गते भाइटीका मान्नेहरुलाई एक गते र दुई गते मान्नेहरुका लागि दुई गते दर्शनको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
भाइटीकाकै लागि महानगरपालिकाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली बनाएको छ । अहिले उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेकाले कडा सुरक्षा गरिएको उहाँले बताउनुभयो । स्वयमसेवक परिचालन गरी दर्शन गर्न आउनेहरुको ज्वरो नाप्ने र मास्क समेत वितरण गर्ने उहाँले बताउनुभयो । मेयर शाक्यले टीका लगाउने बाहेक घुम्न आउनेहरुलाई नआउन पनि आग्रह गर्नुभएको छ । भाइटीकाका लागि मात्रै १ र २ गते मन्दिर खुला हुनेभएकाले भाइटीका नहुनेहरुले स्वास्थ्य जोखिमलाई ध्यानमा राख्न नआउन उहाँले आग्रह गर्नुभयो । महानगरपालिकाले छिट्टै सबैका लागि रानीपोखरी खुला गर्ने तयारी गरेको उल्लेख गर्दै मेयर शाक्यले संक्रमणको जोखिम कायम रहँदासम्म सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
मन्दिर पुरानै शैली (ग्रन्थकुट शिखर) मा पुनःनिर्माण गर्न अघिल्लो वर्ष असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी गर्नुभएको थियो । भूकम्पपछिका पाँच वर्षसम्म हरेक वर्ष बालगोपालेश्वरको मन्दिरलाई पोखरीको बाहिरी भागमा राखी दर्शनको व्यवस्था गरिएको थियो ।
पाँच वर्षपछि दर्शनार्थीले यस वर्ष मन्दिरभित्र नै प्रवेश गरी पूजाआजा गर्न पाउने भएका हुन् । हरेक वर्ष भाइटीकाको लागि मात्र यो मन्दिर दर्शनका लागि खुला हुने गरेको छ । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: