×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाईन टिकेटिङ मोनिटरिङ सिस्टम लागु, बसपार्कमा गएर टिकट काट्नुपर्ने झन्झटको अन्त्य ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

अनलाईन टिकेटिङ मोनिटरिङ सिस्टम लागु, बसपार्कमा गएर टिकट काट्नुपर्ने झन्झटको अन्त्य ! (भिडियो रिपोर्ट)

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाईन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागु गरेको छ । यातायात सुविधाम नागरिकहरुको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायत क्षेत्र सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकुल बनाउने नीति अनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागु गरिएको हो । 
सरकारले कोरोनाको जोखिम न्यूनिकरण र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भिड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन अनलाइन टिकट खरिद विक्रि निर्देशिका लागु गरिसकेको छ । अनलाईन टिकेटिङ सिस्टमको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले सावजनिक यातायातलाई सर्वसुलभ, पारदर्शी सुरक्षित बनाउन नीतिगत व्यवस्था गर्ने सन्दर्भमा मन्त्रालय कानून निर्माणमा लागिरहेको बताउनुभयो । उहाँले एकीकृत प्रकृया र पारदर्शी प्रविधिमैत्री बनाएर काम गर्न सार्वजनिक यातायात प्राधिकरणको कल्पना गरिएको समेत बताउनुभयो ।
ओटिएमएसको माध्यमबाट यातायात सेवा प्रदायकहरुले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तरगतका निकायहरुलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ । ओटिएमएसले लगानिकर्ताहरुको सञ्चालन खर्च घटाई मुनाफा बृद्धि गराउनुका साथै टिकट खरिद विक्रि प्रकृयामा विचौलियाहरुलाई पूर्ण रुपमा निषेध गर्नेछ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: