×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौँमा छैन तिहारको रौनक ! सुनसान बने पसलहरु, व्यापारी भन्छन् ‘अब त व्यापार हुने आशै मरिसक्यो’ (फोटो-कथा)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । तिहारमा प्रयोग हुने भाईमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ । भाईमसलाको मूल्य घटेपनि कोभिड—१९ को जोखिमका कारण व्यापार भने आधा भन्दा बढीले घटेको छ । चाड तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दु परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ । भाइ मसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेललगायत पर्छन् । यी मसलाहरुको गुणस्तर अनुसार फरक भएपनि विगत वर्षहरु भन्दा कम रहेको असन क्षेत्रमा व्यापार गर्दै आउनुभएका संजयदत्त तुलाधरले बताउनुभयो । मूल्य कम भएपनि ग्राहक न्यून संख्यामा मात्रै आउने गरेको उहाँले बताउनुभयो ।
बजारमा पसलहरु अनुसार मूल्य भने फरक छ । होलसेल पसलबाट खुद्रा व्यापारीहरुलाई समान प्रकारले छुट सुविधा भएपनि खुद्रा पसलहरुमा मूलय फरक पाइएको हो । सामानको गुणस्तर अनुसार मूल्य फरक भएको व्यवसायीहरु बताउँछन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाइमसलाको मूल्य कम भएको अर्का व्यापारी लोचनकाजी तुलाधरले बताउनुभयो । विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरु किनमेलका लागि आउने गरेको उहाँको भनाई छ । 
यो वर्ष बजारमा काजु प्रतिकेजी १ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ । किसमिस सय रुपैयाँसम्म, पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ । यसैगरी छोकडा प्रतिकेजी २० रुपैयाँ र सुकुमेल केजीमा ५ सय रुपैयाँसम्मले घटेको खुद्रा व्यापार संघले जनाएको छ । बाँकी फोटोमा 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: