
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले आफ्नो सेयरधनीको डिम्याट खातामा १२ प्रतिशत बोनस सेयर पठाउन सुरु गरेको छ । कम्पनीले असार २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १२ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाउन सुरु गरेको हो ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुँदा अभौतिक रुपमा सेयर धारण गरेका शेयरधनीको हितग्राही खातामा बोनस शेयर कात्तिक १९ गतेदेखि पठाउन शुरु गरेको कम्पनीले बताएको छ ।
साथै असार ३१ गतेपछि शेयर खरीद गरी कायम भएका शेयरधनीहरुले बोनस शेयर बापत लाग्ने कर शेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने हुँदा कर बापतको रकम जम्मा गरेपछि मात्र बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा हुने पनि कम्पनीले बताएको छ । शेयर रजिष्ट्रारमा सिद्धार्थ कयापिटल लिमिटेड रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्