×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिनाउ मिसन डेभलपमेन्ट बैंकले मंसिर ७ गते बोलायो विशेष साधारणसभा, के-के छन् एजेण्डाहरु ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

तिनाउ मिसन डेभलपमेन्ट बैंकले मंसिर ७ गते बोलायो विशेष साधारणसभा, के-के छन् एजेण्डाहरु ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको विशेष साधारण सभा मंसिर ७ गते हुने भएको छ । बैंकको उक्त सभा संस्थाको केन्द्रिय कार्यालयको सभाहलमा दिउँसो १ बजे भिडियो कन्फ्रेरेन्सबाट सुरु हुने भएको छ ।
सभामा बैंकले १२ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साथै सेयर परिवर्तनको प्रस्ताव पनि पेश गर्नेछ। बैंकले साविकको नेपाल कम्यूनिटि डेभलपमेण्ट बैंकलाई प्राप्ति पछि संस्थापकतर्फ ६३.३३ प्रतिशत र सर्वसाधारणतर्फ ३६.६७ प्रतिशत सेयर स्वामित्व कायम भएकोले नेपाल राष्ट्र बैंकले सेयर संरचना परिवर्तन गर्न निर्देशन दिएकाले प्रबन्धपत्र संशोधनको गर्नका लागि विशेष साधारणसभा आह्वान गरेको हो ।
उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी कार्तिक २६ गते एक दिन बुक क्लोज हुने भएको छ । यससँगै कार्तिक २५ गतेसम्म कायम सेयरधनीले उक्त सभामा भाग लिन पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: