
काठमाडौँ । टोखा नगरपालिकाले ४४८ कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकको कोरोना बीमा गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाले पछिल्लो समय बढ्दै गएको कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै तिनलाई रु एक लाख बराबरको बीमा गरेको हो । कोरोना बीमा गर्नेमा ६० जनप्रतिनिधि, १८२ कर्मचारी र २०६ कोभिड स्वयंसेवक छन् ।
नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख ज्ञानबहादुर अधिकारीले टोखाका सबै जनप्रतिनिधि, कर्मचारी र कोभिड स्वयंसेवकको रु एक लाख बराबरको कोरोना बीमा गरिएको जानकारी दिनुभयो । टोखाले कोरोना बीमाका लागि रु दुई लाख ३५ हजार ६६० खर्च गरेको छ ।
यस्तै नगरपालिकाले हालसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि रु चार करोड ७५ हजार ७७३ खर्च गरेको छ । टोखाले विपन्न परिवारको राहतका लागि रु एक करोड ४१ लाख ११ हजार ३६५, कन्ट्याक ट्रेसिङका लागि रु ३५ हजार, स्वयंसेवक, खाना तथा खाजा र अनुगमनका लागि रु १७ लाख ९८ हजार ३७० र होम आइसोलेशन पोषण भत्ताका लागि रु २६ लाख ४० हजार ३०० खर्च गरेको छ ।
यस्तै प्राविधिक र सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक रु पाँच लाख ४३ हजार ५०२, सूचना सन्देश प्रसारणका लागि रु चार लाख २९ हजार ७८६, आइसोलेशन सामग्रीका लागि रु २६ लाख ८४ हजार ७१८, आइसोलेशन वार्डमा शय्या खर्च रु नौ लाख ६६ हजार ८०५, आइसोलेशन र क्वारेन्टिनमा खाना तथा खाजाका लागि रु १३ लाख ७८ हजार ३८२ र जोखिम प्रोत्साहन भत्ताका लागि रु एक करोड ८० हजार ९७९ खर्च भएको छ ।
यसैगरी ह्याण्ड वास स्टेशन निर्माणका लागि रु सात लाख ३२ हजार ३२१, मास्क, क्लोरिन, स्यानिटाइजर, पिपिइ र थर्मल गन खरीदका लागि रु ३५ लाख ८१ हजार ८८६, सर्जिकल सामान खरीदका लागि रु चार लाख ९९ हजार ९६८, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि रु दुई लाख ६ हजार ७३१ र पिसिआर ल्याब शुल्कका लागि रु एक लाख ५० हजार खर्च भएको आर्थिक शाखा प्रमुख अधिकारीले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर पिसिआर परीक्षण र नगरवासीको उपचारलाई विशेष ध्यान दिइएको बताउनुभयो । टोखाले कोभिड–१९ का बिरामीको उपचारका लागि टोखामा आइसोलेशन सेन्टर स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्