
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हिमाल आरोहण गर्न जाने नेपाली आरोही र पथप्रदर्शकले अनिवार्य बीमा गर्नुपर्ने भएको छ । नेपाल पर्वतारोहण संघले एक सूचना जारी गर्दै हिमाल आरोहण गर्न जाने नेपाली आरोही र पथप्रदर्शकले अनिवार्य १५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराउनु पर्ने भनेको छ । संघले आफ्ना मातहतमा रहेका विभिन्न २७ वटा हिमाल आरोहण गर्न उक्त रकम बराबरको बीमा अनिवार्य गर्न र सोही अनुसारको कागजात पेश गर्नुपर्ने समेत जनाएको हो ।
संघ अन्तर्गतका हिमाल आरोहण गर्न अनुमति माग्ने सबैले सरकारले तोकेअनुसारको दुर्घटना बीमा बाहेक थप ४ लाख रुपैयाँको औषधिउपचार बीमा र १० हजार डलर (करीब ११ लाख ९३ हजार रुपैयाँ) को हेलिकप्टर उद्धार बीमा समेत गर्नुपर्ने छ । नेपालीसँगै नेपालमा पर्वतारोहणका लागि आउने विदेशी पर्यटकले पनि बीमा गर्नुपर्ने सुचनामा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्