×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनिलिभर नेपालको वार्षिक साधारण सभा मंसिर १६ गते हुँदै, नगदसहित के-के छन् एजेण्डा ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। युनिलिभर नेपालले मंसिर १६ गते बार्षिक साधारणसभा डाकेको छ । उक्त सभाको लागि कम्पनीले कात्तिक २७ गते बुकक्लोज गर्ने भएको छ । उक्त सभामा कात्तिक २६ गतेसम्म कायम सेयरधनीले भाग लिन पाउने छन् । 
सभामा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ । यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ । सभाबाट आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान विवरण, वासलात, नगद प्रवाह विवरण तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरिने पनि युनिलिभरले जानकारी दिएको छ । सभा कम्पनीको कर्पोरेट अफिसमा दिउँसो ३.४५ बजे भिडियो कन्फ्रेन्स मार्फत सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: