×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपिओ खुल्ला हुने मिति सर्यो, अव कहिलेदेखि हुन्छ खुला ?

PRIME CA
GLOBAL IME BANK

युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपिओ खुल्ला हुने मिति सर्यो, अव कहिलेदेखि हुन्छ खुला ?

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। युनाइटेड इदी मर्दी हाइड्रोपावरको आइपिओ खुल्ला हुने मिति सरेको छ । कम्पनीले बिहीबार (कात्तिक २७ गते) बाट बिक्री खुला गर्ने भनेको आइपीओ अब मंसिर ३ गतेदेखि खुल्ला हुने भएको छ । आइपिओ निस्काशन गर्ने मिति नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार परिवर्तन गरेको हो । 
यस कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर पनि थप गरी कुल ८ लाख ७३ हजार ९१० कित्ता सेयर जारी गर्न लागेको छ । यसअघि स्थानीयलाई जारी गरिएको ४ लाख २० हजार कित्तामध्ये २ लाख ४३ हजार ९१० कित्ता सेयर बिक्री हुन सकेको थिएन । अब त्यो पनि थपिनेछ । चोम्पनुले जारी गर्न लागेको आइपिओमध्ये ४३ हजार ६९६ कित्ता सेयर म्युचुअल फन्ड, १७ हजार ४७८ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने भएको छ । यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: