×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँ मनाएर झन्डै १ लाख २५ हजार मानिस काठमाडौँ फर्किए, कोरोनाको ब्यापक जोखिम !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दशैँ मनाएर झन्डै १ लाख २५ हजार मानिस काठमाडौँ फर्किए, कोरोनाको ब्यापक जोखिम !

Artha Sarokar

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । यस वर्षको दशैं मनाउन घर गएकाहरुमध्ये अहिलेसम्म १ लाख २५ हजार काठमाडौँ उपत्यका फर्किएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवका अनुसार दशैं मनाउन घर गएकाहरुमध्ये अहिलेसम्म १ लाख २५ हजार काठमाडौँ उपत्यका फर्किएका हुन् । 
उनले कात्तिक १२ गतेदेखि आज बिहानसम्म १ लाख २५ हजार मानिस उपत्यका फर्किएको जानकारी दिए । पछिल्लो एक हप्तामा १ लाख ४ हजार मानिसले भने उपत्यका छोडेका थिए । सबैभन्दा धेरै फूलपातीको दिन ४८ हजार ९८ जना मानिसले काठमाडौँ छोडेका थिए । 
फूलपातीको अघिल्लो दिन कार्तिक ६ गते ३३ हजार ४ सय ४६ जना मानिस उपत्यका बाहिरका थिए । दशैंमा मानिसहरु विभिन्न स्थानसम्म जाँदा आउँदा भने कोरोनाको जोखिम बढेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी