- अर्थ सरोकार सम्बाददाता
काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले १ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाए छ । यो नाफा गत वर्षको तुलनामा २१.५७% कम हो । अघिल्लो वर्ष संस्थाले २ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै, कम्पनीले खुद ब्याज आम्दानी भने ९.४७% ले बढाएर ६ करोड ५८ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ६ करोड १ लाख ८२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असोजसम्म आइपुग्दा कम्पनी ३५ लाख ४९ हजार सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसले २ करोड ७७ लाख ३८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
समिक्षा अवधिमा संस्थाले ८३ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी २२ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १२ करोड ४२ लाख रुपैयाँ रहेको छ । यता, खराब कर्जा पनि २.२२% बाट बढेर ३.४४% भएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५ पैसा (वार्षिक) पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४७ पैसा रहेको विवरणमा उल्लेख छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्