×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि सहज बनाउँदै सरकार ! (भिडियो रिपोर्ट)

PRIME CA

पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि सहज बनाउँदै सरकार ! (भिडियो रिपोर्ट)

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरुका लागि भिसा सम्बन्धि केही खुकुलो बनाउने भएको छ । भिसा प्रकृयामा विगतमा भएको व्यवस्था परिवर्तन गर्दै सरकारले पर्यटक भिसामा आउनेहरुका लागि केही खुकुलो बनाउने भएको हो । 
विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरणसम्बन्धि काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत गराउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकमाथिको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नेपालको पर्यटन क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताउनुभयो । आर्थिक समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न पर्यटन क्षेत्रले ठूलो सहयोग रहने भएकाले बढी भन्दा बढी पर्यटक भित्र्याउन यसले सहयोग गर्ने उहाँले बताउनुभयो ।
अध्यागमन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलका क्रममा रहेको छ । अध्यागमन सम्बन्धि विद्यमान कानून परिवर्तन गर्नुपर्ने विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानून संशोधन र एकीकरण गनए विधेयक ल्याएको हो । नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ । विधेयक प्रचलनमा आएपछि विदेश जाने र विदेशबाट हुने नेपाली नागरिकको आगमनलाई पनि व्यवस्थित गर्नेछ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: