
- एजेन्सी
काठमाडौं । ह्वाट्सएपले नयाँ फिचर थप गर्ने भएको छ । ह्वाट्सएपका मेसेजहरु अव ७ दिनभित्र आफैं हराउने भएका छन् । नोभेम्बर महिनाको अन्त्यबाट उक्त नयाँ फिचर उपलब्ध हुने बताइएको छ । ह्वाट्सएपले थप गर्न लागेको disappearing message नामक फिचरले च्याटहरु एक हप्तापछि प्रापक र प्रेषक दुवैको फोनबाट स्वतः हटाइदिनेछ ।
यद्यपि आफूले सुरक्षित राख्न चाहेका ह्वाट्सएप मेसेजहरु प्रयोगकर्ताले स्क्रिनसट लिएर, फोटो, भिडियो वा डकुमेनटहरु डाउनलोड गरेर तथा अरुलाई फरवार्ड गरेरसमेत सुरक्षित राख्न सक्नेछन् ।सात दिनमा मेसेज आफै हराउने गरी सेटिङ गर्न सकिने बताउँदै ह्वाट्सएपका च्याटिङ स्थायी नहुने भएको छ । विश्वभर २ अर्ब प्रयोगकर्ता रहेको ह्वाट्सएपले प्रयोगकर्ताहरुका च्याटको गोपनियतामा वृद्धि गर्नका लागि यो नयाँ फिचर ल्याउन लागेको बताएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्