- सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना कहरकैबीच यातायात व्यवस्था कार्यालय धनगढीमा उदेग लाग्दो भीड देखिएको छ । महामारीका समयमा भीडभाड नगर्न सरकारले उर्दी नै जारी गरेको भएतापनि सरकारी कार्यालय नै त्यसको उल्लंघन गर्न थालेका छन् ।
यातायात व्यवस्था कार्यालय धनगढीको लापरवाही यस्तो छ कि मानौँ त्यहाँ पुग्नेहरुलाई कोरोना नै लाग्दैन । पटक पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय भने मौन बनेको छ । यो लापरवाहीका कारण कोरोना भाइरसलाई परास्त गर्ने सरकारको नीति नै ओझेलमा परेको छ । दिनहुँ कोरोना महामारीले विकराल रुप लिँदै गएका बेला यातायात कार्यालयको सेवाका कारण सेवाग्राही समेत मर्कामा परेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्…










