×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको हो ? यसो भन्छन् पर्यटनमन्त्री योगेश कुमार भट्टराई (भिडियो रिपोर्ट)

PRIME CA

के नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको हो ? यसो भन्छन् पर्यटनमन्त्री योगेश कुमार भट्टराई (भिडियो रिपोर्ट)

३० कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताउनुभएको छ । आमदब्लम हिमालको सफल आरोहण गरी काठमाडौं फर्किएका कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला एम अलथानीसहितको टोलीसँगको भेटपछि उहाँले यस्तो बताउनुभएको हो । विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु पर्यटन क्षेत्र विस्तारै आफ्नो गतिमा अगाडी बढ्न थालेको संकेत भएको उहाँले बताउनुभयो । पछिल्लो समय सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेसँगै अहिले विदेशी पर्यटकहरुको आगमनपछि बढ्दै गएको उहाँले बताउनुभयो । राजकुमार शेख मोहम्मद आइतबार आफ्नो देश फर्किने जानकारी पनि उहाँले दिनुभयो ।
राजकुमार शेख मोहम्मदले लामो समयदेखि आफु नेपाल भ्रमणमा आइरहेको उल्लेख गर्दै छिट्टै आफु अर्को भ्रमणमा आउने विश्वास दिलाउनुभयो । नेपालका हिमालय र गाउँहरु आफुलाई धेरै मनपर्ने गरेको उहाँले बताउनुभयो । उहाँले हरेक वर्ष एक पटक नेपालको भ्रमणमा आफु आउने गरेको पनि बताउनुभयो ।
राजकुमारसहितको टोलीले बुधबार आमदब्लम हिमालको सफल आरोहण गरेको हो । कोरोना महामारीका कारण विश्वको पर्यटन क्षेत्र धराशयी बनेका बेला विदेशी ‘हाइ प्रोफाइल’ले नेपालका हिमाल आरोहण गरेको यो दोस्रो हो । यसअघि बहराइनका राजकुमार सम्मिलित १८ जनाको टोलीले लोबुचे (६,१४५ मिटर) र मनास्लु (८,१६३ मिटर) हिमाल आरोहण गरेको गरेका छन् । कतारका राजकुमारको टोलीको नेतृत्व अमेरिकी गाइड ग्यारेट सी म्याडसनले गर्नुभएको थियो । उक्त टोलीमा पाँच नेपाली गाइडसहित १२ जना सहभागी थिए । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: