×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको हो’ : पर्यटनमन्त्री योगेश भट्टराई (भिडियो रिपोर्ट)

PRIME CA

‘सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको हो’ : पर्यटनमन्त्री योगेश भट्टराई (भिडियो रिपोर्ट)

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सांस्कृतिक र धार्मिक केन्द्रहरु जोगाउने दायित्व सबैको भएको बताउनुभएको छ । मावन सभ्यताको विकासको प्रतिकका रुपमा रहेका सम्पदाहरुको संरक्षण र सम्र्वद्धनमा सबै मिलेर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा रहेका मठमन्दिर, गुम्बा र चैत्यहरु नेपालको मानव जाति र सभ्यताका प्रतिकहरु रहेको उल्लेख गर्दै उहाँले ऐतिहासिक ठाउँहरुको विकासमा सबै एकजुट भएर अगाडी बढ्नुपर्ने बताउनुभयो । 
चतुव्र्यूह नारायण मन्दिर नारायणहिटीद्वारको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, ‘‘नेपालमा जतिपनि मन्दिरहरु छन् । सांस्कृतिक, धार्मीक केन्द्रहरु, मठ मन्दिरहरु, गुम्बा, चैत्यहरु छन् ती सबै नेपालको मानव जातिका, मानव सभ्यताको विकासका प्रतिकहरु हुन् । हामी छिच्छिविकालमा कस्तो थियौँ । मल्लकालमा कस्तो थियौँ भन्ने कुरा यी मन्दिरहरु, ऐतिहासिक ठाउँहरुले देखाउँछन् । ऐतिहासिक ठाउँहरुको संरक्षण र संवद्र्धन गरी युगयुगसम्म पनि बनाउनुपर्ने दायित्व हामी सबैको हो ।’’
प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी—भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो । एउटै ‘प्याकेज’मा यी क्षेत्रहरुको विकास गर्न सके पर्यटकहरुलाई आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।
आज हरिबोधनी एकादशीको अवशरमा नारायणहिटीद्वारको उद्घाटन गरिएको हो । मन्त्री भट्टराईसँगै, सांसद थापा, भिमसेनदास प्रधान, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषराज दाहाल लगायतको उपस्थिति रहेको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: