×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकद्वारा आकर्षक ‘डबल डिपोजिट’ मुद्धती निक्षेप योजना सार्वजनिक, यस्ता छन् पाइने सुविधाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकद्वारा आकर्षक ‘डबल डिपोजिट’ मुद्धती निक्षेप योजना सार्वजनिक, यस्ता छन् पाइने सुविधाहरु

४ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया बैंकले अत्यन्त आकर्षक ‘डबल डिपोजिट’ योजना ल्याएको छ । विभिन्न चमत्कारीक फाईदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेकोे हो ।
बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालिन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ता ग्राहकहरुको लागि यो योजना ल्याएको जनाएकाे छ । यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ । यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम १० हजार रहेको छ ।
‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकहरुले दोब्बर रकम नै प्राप्त गर्नेछन् । उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहक महानुभावहरुले थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको छ ।
यस योजना अन्तगर्त दीर्घकालिन लगानी गर्न इच्छुक ग्राहकहरूले आफुलाई सहज हुने एनआईसी एशिया बैंकको कुनै पनि शाखा कार्यलयमा गई उक्त मुद्धति निक्षेप खाता खोलि ‘डबल डिपोजिट’ को फाईदा लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी