×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूले पठायो ३% नगद लाभांश सेयरधनीको बैंक खातामा, नपाउनेले यसो गर्नुपर्ने

PRIME CA

बैंक अफ काठमाण्डूले पठायो ३% नगद लाभांश सेयरधनीको बैंक खातामा, नपाउनेले यसो गर्नुपर्ने

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बैंक अफ काठमान्डूले ३% नगद लाभांश आफ्ना सेयरधनीको बैंक खातामा जम्मा  गरेको छ । बैंकले उक्त नगद लाभांश मंसिर १६ गतेबाट  आफ्ना सेयरधनीको खातामा पठाउन सुरु गरेको हो । कात्तिक २८ गतेपछि डिम्याट गर्नेहरुको नगद लाभांश पनि क्रमशः खातामा जम्मा हुने बैंकले जनाएको छ ।
यद्यपि अहिलेसम्म आफ्नो सेयर भौतिक रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । बैंकले डिम्याट नगरेका सेयरधनीलाई तत्काल सेयर डिम्याट गर्न आग्रह गरेको छ । बैंकको मंसिर १५ गते सम्पन्न साधारणसभाले ३% नगद लाभांश र १३% बोनस सेयर गरी कुल १६% लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: