काठमाडौं । चौतर्फी दबाबका बाजजुर पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गरेकी हुन् ।
उनले मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोकेकी छन् ।
अझ रमाइलो कुरा त के छ भने २०७८ साल बैसाख १७ र २७ गते विवाहका मुख्य लगन छन् । मङ्सिरपछी साइत नभएर बैशाखमा विवाहको पर्खाइमा रहेकाहरु पनि अर्को साइत खोज्न बाध्य भएका छन् ।