×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकसहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुन कम्पनीको कहिले हुँदैछ साधारणसभा ?

अर्थ सरोकार

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार

PRIME CA

हिमालयन बैंकसहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुन कम्पनीको कहिले हुँदैछ साधारणसभा ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौ । आज सोमबार ५ कम्पनीहरुको लाभांंश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज एनएमबि लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, मितेरी डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र हिमालयन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी कम्पनीहरुको लाभांश पाउन आजसम्म  सेयरधनी बनिसक्नुपर्नेछ ।
  
एनएमबि लघुवित्त वित्तीय संस्था
एनएमबिले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्दैछ । साधारणसभाका लागि संस्थाले पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । सभा पुस २७ गते हुने भएको छ । सभा होटल पोखरा ग्रान्ड, पोखरामा बिहान ११ बजे सुरु हुनेछ । 
नागरिक लगानी कोष
कोषको ८२.८४% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २९ गतेदेखि हकप्रद सेयर बिक्री गर्न मंगलबार बुक क्लोज गर्दैछ । जसअनुसार आज सोमबारसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद भर्न सक्नेछन् । 
मितेरी डेभलपमेन्ट बैंक
बैंकको १५.७९% लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन हो । पुस २७ गते वार्षिक सधारणसभा डाकेको बैंकले मंगलबारदेखि २७ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम सेयरधनीले बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । सभा सुनसरी उद्योग वाणिज्य संघ धरानमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ । 
लुम्बिनी विकास बैंक
बैंकको १०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । पुस २६ गते वार्षिक साधारण सभा बोलाएको बैंकले पुस १४ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्दैछ । जसअनुसार आजसम्म कायम सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । सभा बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । ७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

हिमालयन बैंकको 
हिमालयन बैंकले १४% बोनस सेयर र ६% नगद लाभांश गरी कुल २०% लाभांश वितरण गर्दैछ । साधारणसभाका लागि पुस १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । हिमालयन बैंकको साधारण सभा पुस २७ गते हुने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: