×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोटलर्स नेपाल (बालाजु) र (तराई) को वार्षिक साधारणसभा पुस २२ र २३ गते हुने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बोटलर्स नेपाल (बालाजु) र (तराई) को वार्षिक साधारणसभा पुस २२ र २३ गते हुने

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  बोटलर्स नेपाल (बालाजु) को वार्षिक साधारणसभा पुस २२ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बालाजु काठमाडौंमा दिउँसो २ बजेबाट हुने भएको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको आर्थिक प्रतिवेदनमा छलफल गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । साधारणसभाका लागि कम्पनीले पुस ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् । 
यता बोटलर्स नेपाल (तराई) को वार्षिक साधारणसभा भने पुस २३ गते हुने छ । सभामा कम्पनीले गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको आर्थिक प्रतिवेदनमा छलफल गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । यस संस्थाले सभा गर्नका लागि पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ । जसअनुसार पुस ८ गतेसम्म कायम सेयरधनी सभामा सहभागी हुनसक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: