- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मेगा बैंकले पनि पुस २९ गते आफ्नो १०औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा केन्द्रिय कार्यालय कमलादीमा बिहान ११.३० बजे बोलाएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १०% बोनस सेयर र कर प्रयोजनसहित गरेर ३.०५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ ।
बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । सभाका लागि बैंकले पुस १७ गते बुक क्लोज गर्दैछ । पुस १६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।