Skip to content
LAXMI SUNRISE BANK

पर्याप्त पैसा नभएको खाताको एक करोड ६३ लाख रुपैयाँको चेक काट्ने पक्राउ, को हुन् ती प्रतिवादी ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चेक बाउन्सको मुद्दामा फरार रहेका एक व्यक्ति परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले एक करोड ६३ लाख रुपैयाँको चेक अनादर गरेको मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चेक अनादर मुद्धामा दोषी ठहर भएका अनिल पोद्दार  कलङ्की क्षेत्रबाट पक्राउ गरेको हो ।
उनले बुद्दनगरका नानीबाबु खरेललाई एक करोड ६३ लाखको बैंक चेक दिएपनि खातामा पर्याप्त पैसा नभएपछि पिडित चेक बाउन्स गरि प्रहरीकहाँ पुगेका थिए। ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले पोद्दारलाई २०७३ भदौ १५ मा दोषी ठहर गर्दै १ महिना कैद र तीन हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK