
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र एपेक्स डेभलपमेन्ट बैंकका व्यक्तिहरुलाई थप छानबिनका लागि बोलाएको छ । अख्तियारले एक सूचना जारी गर्दै ती दुई संस्थाका सञ्चालक, मूल्यांकनकर्ता र कर्मचारीहरुलाई थप छानबिनका लागि बोलाएको हो । अख्तियारले उनीहरुलाई सात दिनभित्र उपस्थित हुन भनेको हो ।
तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकमा रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स मिसिई सकेको छ भने एपेक्सलाई पनि एनसीसी बैंकले गाभिसकेको छ । अख्तियारले तत्कालिन रोयल मर्चेन्टका सहायक महाप्रबन्धक प्रदीप कर्मचार्य, रामचन्द्र बसौला, सञ्चालक भरतकाजी श्रेष्ठ थप छानबिनका लागि बोलाएको छ ।
यस्तै तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका स्वतन्त्र मूल्यांकनकर्ता सिटी इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक नरेश स्वार, कर्मचारी देवराज ढुँगाना, एपेक्समा सहायक अधिकृतमा कार्यरत सन्तोष धिताल, रामशाह बहुमुखी ब्यापार कम्पनी प्रालिका सञ्चालक रामबहादुर शाह, रोशन इन्जिनयरिङ कन्सल्टेन्सीका कोमानन्द अधिकारी र पञ्चकन्या सप्लायर्सका सञ्चालक नरेश दाहाललाई पनि बोलाएको हो । साथै छानबिनका लागि बादशाह फुडल्याण्ड प्रालिका ऋषिश्वर थपलिया, ऋणी एनबीडीएस सुपर मार्ट प्रालिका सञ्चालक अनोज श्रेष्ठ, चाँगुनारायणस्थित हजुरको हार्डवेयर पसलका सञ्चालक मुकुन्द पराजुलीलाई पनि अख्तियारले सात दिनभित्र उपस्थित हुन भनेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्