×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६ प्रतिशत लाभांश पारित गर्ने एजेन्डासहित अरुण काबेली हाइड्रोपावरको १०औं वार्षिक साधारणसभा भोलि बस्दै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अरुण काबेली हाइड्रोपावरको १०औं वार्षिक साधारणसभा भोलि सोमबार हुने भएको छ । सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको हो । लगानीकर्ताले भर्चुअल माध्यम (जुम) बाट मात्रै सहभागिता हुन पाउनेछन् ।
संस्थाले सभामा ६% लाभांश पारित गर्ने प्रस्ताव लैजाने भएको छ । सभाका लागि मंसिर १२ गते बुक क्लोज भइसकेको छ । मंसिर ११ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् । कम्पनीले ५.७१% बोनस सेयर र कर प्रयोजनका लागि ०.२९% नगद लाभांश गरी कुल ६% लाभांश वितरण गर्न लागेको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: