Skip to content
LAXMI SUNRISE BANK

उखु अमिलिएको दिन…

अर्थ सरोकार

  • अशोक शेरचन
सुन्दा पनि अचम्म लाग्ने 
उखु पनि अमिलियो भन्दा
तर,
हिजो उखु अमिलियो
त्यो पनि राजधानीमै
हप्तौदेखि माईतीघरमा
गुलियो जागाउन संघर्षरत थियो
तर,
हिजो आफ्नो उखुलाई 
अमिलो भनिएपछि 
नारायण राय यादवले पनि 
आफ्नो मन अमिलाए
घर सम्झे, परिवारको अनुआर सम्झे 
मिल मालिकको हासो सम्झे
मन्त्रीहरुको झण्डा सम्झे 
राजधानीका सडकको जुलुसहरु देखे 
साँच्चै उनलाई पनि आफ्नो उखु 
अमिलै लाग्यो
र नारायण देउतासँग
जवाफ माग्ने अठोट गर्दै
ब्रम्हालिन भए 
किनकी उनको उखु अमिलो थियो । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK