×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आजबाट अन्तर बैंक एटिएम सेवा लिँदा शुल्क लाग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आजबाट अन्तर बैंक एटिएम सेवा लिँदा शुल्क लाग्ने

Artha Sarokar

१९ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । आजबाट अन्तर बैंक एटिएम सेवामा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको समीक्षा जारी गर्दै अन्तर बैंक एटिएम सेवा शुल्क लाग्ने जनाएको हो । राष्ट्र बैंकले यसअघि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।
यस्तै राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षामा बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेबापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था पनि गरेको छ । बैंकहरुले एटिएम सेवा निःशुल्क गर्दा विभिन्न विकृति बढ्दै गएकाले सःशुल्क गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी