Skip to content
LAXMI SUNRISE BANK

बारामा स्रोत नखुलेको १६ लाख रूपैयाँसहित एक जना पक्राउ, छानबिन गर्दा प्रहरीनै तीनछक !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बारा । बाराबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्लाको  पचरौता नगरपालिका ७ बेनौलीस्थित सीमा इलाकाबाट एपीएफ टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही जिल्लाको सिम्रौनगढ नगरपालिका ८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारीलाई पक्राउ गरेको हो ।
बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निजले उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको जनाइएको छ । एपीएफ टोलीले निजले प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK