×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेसार खेतीतर्फ आकर्षित भए बर्दियाका किसान, आगामी वर्ष २० विघा जमिनमा बेसार लगाउने योजना (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बेसार खेतीतर्फ आकर्षित भए बर्दियाका किसान, आगामी वर्ष २० विघा जमिनमा बेसार लगाउने योजना (भिडियो रिपोर्ट)

Artha Sarokar

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
बर्दिया । जंगली जनावरले धान वाली नस्ट गरिदिएपछि बर्दियाको मधुवन नगरपालिकाका कृषकहरु व्यवसायीक बेसार खेतितर्फ आकर्षित भएका छन । उत्पादन भएको धान जनावरले नस्ट पारिदिएपछि मधुवन नगरपालिका वडा नम्बर १ का ७५ जना किसानले बेसार खेति शुरु गरेका हुन् । करिब १४ विघा जमिनमा बेसार खेती गरेका हुन । बेसार खेतिको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्नमा कृषकहरुलाई सहयोग गर्ने गरिएको छ । सो खेतमा धानको खेती गर्दा जंगली जनारले सबै वाल िसखाप पारेका थिए तर यो बर्ष बेसार खेती गर्दा केही रहत हुने भएको देखिन्छ । 
मधुवन नगरपालिकाको बेसार खेति पकेट क्षेत्र विस्तार योजना अनुसार नगरपालिकाको अनुदान र लुथर्न वल्र्ड रिलिफको आर्थिक सहयोगमा नगरपालिकाका किसानहरुले बेसार खेति शुरु गरेका हुन् । दलित महिला उत्थान संघद्धारा सञ्चालित आर्थिक शशक्तिकरणका लागी सीप तथा उद्यमशिलता विकास परियोजना अन्तर्गत किसानहरुले बेसार खेति गरिरहेका छन् । मधुवन नगरपालिका वडा नं. एक का ७५ जना किसानले कबि १४ विघा जमिनमा बेसार खेति गरेका छन् । परम्परागत रुपमा गरिने धानमा जंगली जानावरले क्षति पु¥याएपछि किसानहरु बेसार खेतिमा आकर्षित भएका हुन् ।
सामूहिक रुपमा बेसार खेति गरिएकाले यसलाई विस्तार गरी आगामी वर्ष २० विघा बेसार लगाउने योजनामा नगरपालिका रहेको छ । नगरपालिकामा १० ओटा पकेट क्षेत्र रहेको र त्यस मध्ये बेसार खेतिलाई पहिलो प्रथमिकता दिएर अगाडि नगरपालिकाका कृषि शाखा प्रमुख एकराज ओलीले बताउनुभयो । नगरपालिकाले बेसार खेतिमा किसानहरुलाई प्रोत्सहित गर्न बिउ समेत उपलब्ध गराएको छ । बेसार खेति शुरु भएपछि नगरपालिकाले अनुगमन समेत गरेको छ । शुद्ध बेसार उत्पादन गरी बजार पठाउने र किसानहरुको आर्थिक जीवन बढाउने उद्देश्यले नगरपालिकाले किसानहरुलाई बेसार खेतितर्फ आकर्षित गरेको हो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी