- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले चुनावको बेला प्रतिवद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताउनुभएको छ । सडक निर्माण, कालोपत्रे लगायतका कार्यहरु लगभग सम्पन्न हुने अवस्थामा पुगेको मेयर शाक्यले बताउनुभयो ।
काठमाडौं महानगरपालिकाको ‘२६औं महानगर दिवस’को अवसरमा कुराकानी गर्दै महानगरको जिम्मेवारी भित्र रहेका अधिकांश सडक आयोजनाहरुको निर्माण कार्य सम्पन्न गर्ने अवस्थामा पु¥याइएको बताउनु भएको हो ।
त्यस बाहेक शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा समेत उल्लेख्य काम गर्न सफल भएको बताउनु भएको छ । तर कतिपय ठूला आयोजनाहरु प्राविधिक कारणले शुरु गर्न नसकिएको पनि मेयर शाक्यले बताउनुभयो । भिडियोमा हेर्नुहोस् मेयर शाक्यसँग गरिएको कुराकानी :