×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सिंगापुर पठाइदिन्छु भन्दै’ महिलासँग लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘सिंगापुर पठाइदिन्छु भन्दै’ महिलासँग लाखौँ रुपैयाँ ठगी गर्ने एक जना पक्राउ

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका ४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जी छन् ।
उनी १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: