×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्सको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा कति पर्यो आवेदन ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

चन्द्रागिरी हिल्सको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा कति पर्यो आवेदन ?

Artha Sarokar

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चन्द्रागिरी हिल्सको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा ११ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले सोमबारसम्ममा २ हजार ६९१ जनाले ११ लाख ९४ हजार ६८० कित्ताका लागि आवेदन दिएका हुन् । जुन आवेदन मागभन्दा ३.८९ गुणा बढी हो । 
कम्पनी सो आइपिओमा पुस १ गतेसम्म मात्र आवेदन दिन सकिनेछ । कम्पनीले मंसिर १७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ जारी गरेको हो । 
यस आइपिओमाआयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन सक्नेछन् भने मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने मानिसके पनि आवेदन दिन पाउनेछन् । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी