
उहाँका अनुसार १९० वटा बिरुवा वितरण गरिएको छ । साथै किसानका लागि ड्रागन फ्रुट खेती गर्ने पद्धतिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । यसैबीच वडाले १० जना किसानलाई जनही एक/एक वटा हजारी पनि वितरण गरेको छ । दिसा र पिसाब छुट्याएर प्रयोग गर्ने इकोसान शौचालय पद्धतिको तालीममा सहभागी १० जना किसानलाई उक्त हजारी निःशुल्क वितरण गरिएको हो । -रासस