×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उखु किसानको समर्थनमा कांग्रेस र जसपा, सरकारले किसानलाई भन्दा पनि कमिसनलाई मात्र चिनेको भनाई (भिडियो)

PRIME CA
GLOBAL IME BANK

उखु किसानको समर्थनमा कांग्रेस र जसपा, सरकारले किसानलाई भन्दा पनि कमिसनलाई मात्र चिनेको भनाई (भिडियो)

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र जसपाका नेताहरुपुगेर एक्यवद्धता जनाएका हुन् । नेताहरुले किसानसँगै धर्नामा बसेर आन्दोलनमा एक्यवद्धता जनाए । सो क्रममा कांग्रेस प्रवक्ता शर्माले किसानहरु उखुको मोल खोज्न नभई सरकार खोज्न आएको बताउनुभयो । उखु उद्योगीले आफ्नो व्यक्तिगत समस्या देखाउँदै भुक्तानी नदिएपनि सरकारले भुक्तानी दिलाउन तत्परता देखाउनुपर्ने प्रवक्ता शर्माले बताउनुभयो । 
यस्तै अहिले सरकारमा बस्नेहरुले कमिसनलाई चिन्ने तर किसानलाई नचिन्ने गरेको बताउनुभयो । चुनावको बेला किसान र मजदूरलाई साथमा लिएर सरकारमा पुगेका मन्त्रीहरुले अहिले तिनै किसानहरुलाई नचिनेको बताउनुभयो । प्रदर्शनमा आउने किसानहरु किसान नै होइनन भन्ने मन्त्रीको भनाई सरकारको आधिकारीक धारणा हो वा होइन भन्दै प्रश्न समेत गर्नुभयो ?
किसानको आन्दोलनलाई एक्यवद्धता जनाउन पुगेका जसपाका नेताहरुले चिनी मिलका सञ्चालकहरुलाई गिरफ्तार गरेर भएपनि किसानको पैसा दिलाउनुपर्ने बताएका छन् । जसपा नेता नवराज सुवेदीले किसानले लिनुपर्ने बाँकी रकम मिल सञ्चालकलाई कारबाही गरेर भएपनि भुक्तानी गराउन सरकारले तत्परता देखाउनुपर्ने बताउनुभयो । सरकारले छिटो भन्दा छिटो किसानका माग पुरा नगरे आफुहरुले देशभरका किसानलाई राजधानीमा उतार्ने चेतावनी समेत दिनुभयो ।
जनता समाजवादी पार्टीको किसान माहासंघ पनि आन्दोलनमा एैक्यवद्धता जनाउन पुगेको थियो । महासंघका केन्द्रीय सदस्य आनन्दराम फुयालले अहिलेको सरकार लोकतान्त्रिक हो भनेर गर्व गर्ने ठाउँ समाप्त भएको बताउनुभयो । सरकार दलालहरुको हो भन्ने कुरा पछिल्ला अभिव्यक्तिहरुबाट पुष्टि भइसकेको पनि उहाँले बताउनुभयो ।
उखुको भुक्तानी माग गर्दे आन्दोलनमा सहभागि हुँदै आउनुभएका सर्लाहीका उखु किसान गजेन्द्रप्रताप सिंहले सरकारले किसान प्रति गरेको व्यवहार सकारात्मक नभएको बताउनुभयो । किसानले कपडा लागाएर आन्दोलन गर्दा सरकारले विचौलिया देखेको भन्दै दुःख व्यक्त गर्नुभयो । उद्योगीहरुले ठेक्कापट्टाका लागि लिएको ऋण उखुबाट उत्पादन भएको चिनी विक्री गरेको रकमबाट तिर्ने तर किसानलाई भुक्तानी नदिने प्रवृतिले आफुहरु मारमा परेको पनि बताउनुभयो ।
उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबार यता काठमाडौंको माइतिघरमा आएर आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसानहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । हेर्नुहोस्  भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: