×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खोला किनारको झुप्रोमा डोजर चलेपछी भक्कानीइन् नरुदेवी, ‘हाम्रा लागि सरकार भएन…’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

खोला किनारको झुप्रोमा डोजर चलेपछी भक्कानीइन् नरुदेवी, ‘हाम्रा लागि सरकार भएन…’

Artha Sarokar

२३ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उपमहानगरपालिकाले डोजर लगाएर टहरो भत्काउएपछि तीन दिनदेखि एक परिवार खुला आकाशमुनि बस्न बाध्य भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ कैलालि पुल नजिक बस्दै आएकी नरु देवी बोहोराको परिवार खुला आकाशमुनि बस्न बाध्य भएको हो ।
करिब १२ बर्षदेखि ऐलानी जग्गामा बस्दै आएको उक्त परिवारको टहरो उपमहानगरपालिकाकाले आईतबार डोजर लगाएर भत्काएको थियो । आफुले उक्त जग्गामा ८ वर्षसम्म भाडा तिरेको तर त्यसबखतमा कसैको ध्यान नगएको टहरोमा नगरपालिकाले ज्यादति गर्दै उठिबास लगाएको उनले बताईन । 
द्धन्दकाल देखि नै विस्थापित भएको आफ्नो परिवारलाई सरकारले पनि नहेरेको उनको गुनासो थियो । उनले भनिन्, ‘२०६० सालमा गोली लाग्यो तर त्यो भन्दा बढी पिडा अहिले आफ्ना लागि सरकार मौन हुँदा भएको छ ।’ खोला किनारमा बस्ने रहर आफुलाई पनि नभएको बताउँदै उनले आफुहरुको व्यवस्थापन गरिदिनुपर्ने माग गरिन् । 
चिसोको समयमा अहिले उनको परिवार खुला आकासमुनि रात काट्न बाध्य भएको छ । उपमहानगरपालिकाले नाप नक्साभित्र परको जग्गा भनी डोजर लगाएर उनको टिनको टहरो आईतबार भत्काएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी