×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धुलिखेलमा पनि अनलाइनबाट कर भुक्तानी गर्न सकिने, लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धुलिखेलमा पनि अनलाइनबाट कर भुक्तानी गर्न सकिने, लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य

Artha Sarokar

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धुलिखेल । धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा सुरुवात गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिनुभयो ।“नगरापालिकाका सेवा लिन लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन कर भुक्तानी सेवा शुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “यसले सेवाग्राहीको समय बचत हुने आशा लिएको छु ।” यसका लागि नगरपालिकाले सबै वडामा आफ्नै फाइबर जडान गर्ने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाका १२ वडामध्ये आठमा फाइबर जडान भइसकेको र बाँकी चारमा पनि फाइबर जडानको काम भइरहेको जनाइएको छ । कर भुक्तानी सेवाका लागि तीन कम्पनी नेपाल क्लियरिङ हाउस, इ सेवा र खल्तीसँग सम्झौता गरेर सेवा शुरु गरेको नगरप्रमुख व्यञ्जुले बताउनुभयो । सेवाग्राहीले ती सेवा प्रयोग गरी अनलाइन सेवा प्रयोग गर्न सक्नेछन् । सेवा प्रयोग गर्न नगरपालिकामा करदाता दर्ता हुनुपर्ने र करदाताको विवरण अद्यावधिक गर्नुपर्नेछ । सेवा प्रयोग गरेबापत साझेदार कम्पनीले केही सेवा शुल्क लाग्ने जनाएको छ । नगरपालिकाका अनुसार अनलाइन कर भुक्तानी सेवा धरानपछि धुलिखेलले शुरु गरेको हो । वाग्मती प्रदेशमा यसकिसिमको सेवा दिने पहिलो नगरपालिका भएको बताइएको छ । 
सेवा प्रारम्भ भए पनि पहिलोपटक भएका कारण यसलाई प्रयोगमा ल्याउने काममा नगरपालिकाले सहजीकरण गर्ने छ । यसका लागि सेवा प्रयोग गरेबापत करमा छुट दिने र सबै वडामा गएर सेवाग्राहीलाई सेवा प्रयोग गर्न तालीम दिने नगरपालिकाले जनाएको छ । नगरभित्रका वडामा कति उद्योग, पसल र कति अन्य कुरा छ भन्ने सबै जानकारी अनलाइनमा नै हुने व्यवस्था गर्ने नगरप्रमुख व्यञ्जुको भनाइ छ । धुलिखेलले यसअघि नगरपालिकाभित्र बजार क्षेत्रमा सिसिटिभी जडान गर्नुका साथै चोकचोकमा फ्रि वाइफाइ जोन बनाइसकेको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी