×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कले ११ लाख बराबरको सह-प्रायोजन गर्ने (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कले ११ लाख बराबरको सह-प्रायोजन गर्ने (भिडियो रिपोर्ट)

Artha Sarokar

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्‍चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७६ को मुख्य सह–प्रायोजन डिश मिडिया नेटवर्क लिमिटेडले गर्ने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार डिस मिडिया नेवकर्ट लिमिटेडसँग मुख्य सह–प्रायोजकको लागि सम्झौता गरेको छ । सम्झौता पत्रमा मञ्चका महासचिव प्रज्वल ओली र डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले हस्ताक्षर गर्नु भएको छ । मुख्य सह–प्रायोजन गरेबापत डिस मिडियाले अवार्ड कार्यक्रमलाई नगद र जिन्सी गरि ११ लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ । सम्झौतापछि डिश मिडियाका प्रबन्ध निर्देशक आचार्यले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।
मञ्चले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खेलकुद चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने ‘पल्सर स्पोट्र्स अवाड’को १७ औं संस्करण यस वर्ष पुस २८ गते आयोजना हुँदै छ । अवार्ड अन्तर्गत मन्चले गत साता पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । जस अन्र्तगत पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र कराँतेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन । 
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने आयोजकले जनाएको छ । मञ्चले लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा अवार्ड कार्यक्रमकै दिन गर्नेछ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी