×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकसहित ११ कम्पनीको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, बुधबार बुक क्लोज हुँदै ! (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

नबिल बैंकसहित ११ कम्पनीको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, बुधबार बुक क्लोज हुँदै ! (विवरणसहित)

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज मंगलबार १३ वटा संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई बैंक, नेपाल एसबीआई बैंक, नबिल बैंक, कृषि विकास बैंक, मञ्जुश्री फाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, स्पर्स लघुवित्त, वोमी लघुवित्त, ङादी ग्रुप पावर, छिमेक लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्नेछ।
ग्लोबल आइएमई बैंक
यस बैंकले १४% बोनस सेयर र २% नगद लाभांश गरी कुल १६% लाभांश वितरण गर्दैछ । साधारणसभा प्रयोजनका लागि पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार लाभांश पाउन आजसम्म सेयरधनी बनिसक्नुपर्नेछ । बैंकको साधारण सभा पुस २९ गते हुने भएको छ ।
नेपाल एसबीआई बैंक
यस बैंकले ६% बोनस सेयर र ३.४७% नगद लाभांश गरी कुल ९.४७% लाभांश वितरण गर्दैछ । साधारणसभाका लागि पुस १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकको साधारण सभा पुस २८ गते हुने भएको छ ।
नबिल बैंक
बैंकले गत आर्थिक वर्षको नाफाबाट ३५.२६% लाभांश वितरण गर्दैछ । नबिलले ३३.५% बोनस सेयर र बोनसमा लाग्ने करसहित १.७६% नगद लाभांश वितरण गर्न लागेको हो । पुस २९ गते हुने वार्षिक साधारणसभाको लागि पुस १५ गते (बुधबार) बाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछन् । 

कृषि विकास बैंक

बैंकले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७८९५% नगद लाभांश वितरण गर्दैछ । पुस २९ गते हुने वार्षिक साधारणसभा प्रयोजनको लागि पुस १५ गते (बुधबार) बाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछन् । 
मञ्जुश्री फाइनान्स
यस फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट १८% बोनस र कर प्रयोजनसहित ५.५% नगद गरी कूल २३.५०% लाभांश वितरण गर्दैछ । पुस २९ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्दैछन् । जसअनुसार पुस १४ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउने छन् ।
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स
श्री इन्भेष्टमेन्टले गत वर्षको नाफाबाट ७.३७% बोनस सेयर र ३.१६% नगद लाभांश गरी कूल १०.५३% लाभांश वितरण गर्दैछ । पुस २९ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्दैछन् । जसअनुसार पुस १४ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउने छन् ।
स्पर्स लघुवित्त
स्पर्स लघुवित्तले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १९.५०% बोनस सेयर र कर प्रयोजनको लागि १.०३% नगद लाभांश वितरण गर्दैछ । पुस २९ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गते (बुधबार) बुक क्लोज गर्दैछ । तसर्थ, पुस १४ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउनेछन् ।
ङादी ग्रुप पावर 
ङादी ग्रुप पावरले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६% नगद लाभांश वितरण गर्दैछ । पुस २९ गते हुने वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गते (बुधबार) बुक क्लोज गर्दैछ । तसर्थ, पुस १४ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउनेछन् ।
छिमेक लघुवित्त वित्तीय संस्था
छिमेक लघुवित्त वित्तीय संस्थाले २२% बोनस सेयर र ७% नगद गरी कुल २९% लाभांश पारित गर्न लागेको छ । लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारणसभा बोलाईएको छ । साथै सभा गर्न बुधबार बुक क्लोज गर्ने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
ग्लोबल आइएमई लघुवित्त
ग्लोबल आइएमई लघुवित्तले पनि गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २७.४७% बोनस सेयर र कर तिर्न १.५% नगद लाभांश वितरण गर्नेछ । लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारणसभा बोलाईएको छ । साथै सभा गर्न बुधबार बुक क्लोज गर्ने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
वोमी लघुवित्त
वोमी लघुवित्तले चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । संस्थाको सो लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्नेछ । संस्थाको नवौं वार्षिक साधारण सभा पुस २८ गते मंगलबार बनेपा नगरपालिका १३ साँगा, काभ्रेपलाञ्चोकस्थित लहरी खर्क पार्टी प्यालेसको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: