Skip to content
LAXMI SUNRISE BANK

दोर्दी खोला जलविद्युत कम्पनीले माघ ९ गते बोलायो वार्षिक साधारणसभा, आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेस गरिँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनीको साधारणसभा माघ ९ गते हुने भएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजे सुरु हुनेछ ।  सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । यस्तै प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि राखिनेछ । 
नियामक निकायहरुको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नु परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा लगिनेछ । यस कम्पनीले लम्जुङ जिल्लामा १२ मेगावटको दोर्दी १ हेप आयोजना निमार्ण गरिरहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK