×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेको डुडुवा बस्तीमा जम्मा दुई शौचालय, खाने पानीकोसमेत उस्तै अभाव हुँदा स्थानीयहरु सास्ती भोग्न बाध्य (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बाँकेको डुडुवा बस्तीमा जम्मा दुई शौचालय, खाने पानीकोसमेत उस्तै अभाव हुँदा स्थानीयहरु सास्ती भोग्न बाध्य (भिडियो रिपोर्ट)

Artha Sarokar

८ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
बाँके । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्तीमा पानी र शौचालयको अभाव हुँदा स्थानीयहरुले सास्ती भोग्दै आएका छन् । ४२ घरधुरी रहेको उक्त बस्तीमा दुई वटा पानीको धारा र दुई वटा शौचालय मात्रै रहेको छ । जसका कारण बस्तीका मानिसहरुको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ । 
बाँकको कोहलपुर नगरपालिका वडा नं. ११ डुडुवा बस्ती भुमिहिन व्यक्तिहरुको बस्ती हो । यो बस्तीमा बस्ने सबै मानिसहरु भुमिहिन छन र उनीहरु दैनिक मजदुरी गरेर छाक टार्ने गर्छन् । यो बस्तीमा ४२ घरधुरी रहेका छन् । तर सबै घरका लागि जम्मा २ वटा शौचालय र दुईवटा पानीको धारा छन् । उनीहरुका लागि हिंडने बाटोसमेत छैन् । जसले गर्दा डडुवा बासिको दैनिक जीवन नै कष्टपूर्ण बनेको छ ।
शौचालय र पानीको समस्या अहिलेको होइन । यो समुदायका मानिसहरुमा आफै पानीको धारा र शौचालय बनाउने क्षमता पनि छैन् । आर्थिक रुपले विपन्न यो बस्तीको समस्या समाधानमा अहिले सम्म कुनैपनि सरकारको ध्यान जान सकेको छैन् । दिनभर काम गरेर साँझ खानुपर्ने यस वस्तीका मानिसहरुले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन भएपछि झनै समस्या बेहोर्नु परेको छ । 
डुडुवा बस्तीका मानिसहरु आफै सानो सानो झुप्रो बनाएर बसिरहेका छन् । तर आफै शौचालय र धारा निर्माण गर्न नसक्ने उनीहरुले पटकपटक समस्या समाधानका लागि नगरपालिका धाएका पनि छन् । तर नगरपालिकाले उपेक्षा गरेका कारण समस्या झेलेरै बस्न बाध्य भएको उनीहरु बताउँछन । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी