×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन, कुन बैंकको कहिले हुँदैछ साधारणसभा ?

PRIME CA

नेपाल बंगलादेश बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन, कुन बैंकको कहिले हुँदैछ साधारणसभा ?

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बंगलादेश बैंक र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । नेपाल बंगलादेश बैंक ८.४२% र एभरेष्ट बैंकको १०.५३% लाभांश  सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको हो ।
नेपाल बंगलादेश बैंकले पुस २६ गते बस्ने वार्षिक साधारणसभामा कुल ८.४२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । जसअनुसार यस बैंकले शुक्रबारदेखि बुक क्लोज गर्ने भएकाले बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । यस बैंकले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेन्डा पेस गर्दैछ ।
यता एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभामा एभरेष्टले ५% बोनस सेयर र ५.५३% नगद लाभांश गरी कुल १०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्दैछ । बैंकले सभाका लागि पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार लाभांश पाउन आजसम्म सेयरधनी बन्नु पर्नेछ । बैंकले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका एजेन्डा लैजाने भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: