×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Exclusive भिडियो : एनआइसी एशिया बैंकका धिरजले यसरी गरेका रहेछन् आत्महत्या, के भन्छन् प्रहरी र प्रत्यक्षदर्शी ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

Exclusive भिडियो : एनआइसी एशिया बैंकका धिरजले यसरी गरेका रहेछन् आत्महत्या, के भन्छन् प्रहरी र प्रत्यक्षदर्शी ?

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
महेन्द्रनगर । एनआइसी एशिया बैंकका कर्मचारीले आत्महत्या गरेको विषयमा थप तथ्यहरु सार्वजनिक भएका छन् । सिन्धुलीकमलामाइ नगरपालिका–१४ रानिबाँस घर भएका धिरज न्यौपानेले बैंकको शाखामा झुन्डिएर आत्महत्या गरेको विषयमा प्रत्यक्षदर्शी, र प्रहरीले घटनाबारे थप तथ्यको खुलासा गरेका हुन् । उनले बैङ्क रहेको घरको तेस्रो तलामा झुन्डिएर आत्महत्या गरेका हुन् । उनले आत्महत्या गरेको कोठामा सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको कार्यालय रहेको छ ।
आत्महत्याको कारण भने उनको टुटेको प्रेम भएको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । उउनको खल्ती बाट ‘सुसाईड’ नोट भेटिएको छ जसमा आफूले एक युवतीलाई साँचो प्रेम गरेको र प्रेममा असफल भए पछि आत्महत्या गरेको लेखिएको छ ।
आइतबार बिहान ८ः३० बजे आफ्नो भाउजू सँग फोनमा सम्पर्क गरेका उनले ९ बजे पछि आत्महत्या गरेको प्रहरीको भनाइ छ । अहिले उनको शवलाई पोस्टमार्टमको लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ भने आत्महत्या बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।
प्रहरीले के भन्यो ? प्रत्यक्षदर्शीले के के भने ? हेर्नुहोस् यो भिडियो :
https://arthasarokar.com/2020/12/Dhiraj-.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: