×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफएनसिसिआईले वैदेशिक रोजगार फोरम स्थापना गर्ने, वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गरिने ! (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एफएनसिसिआईले वैदेशिक रोजगार फोरम स्थापना गर्ने, वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गरिने ! (भिडियो)

Artha Sarokar

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासंघ भित्र वैदेशिक रोजगार फोरम स्थापना गरिने बताउनु भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो । 
महासंघ भित्र स्थापना हुने फोरमले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने बताउनुभयो । देशमा रेमिट्यान्स भित्र्याई अर्थतन्त्रलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीलाई थप सम्मानित र व्यवस्थित बनाउन आफुले महासंघबाट प्राथमिकताका साथ काम गर्ने पनि अध्यक्ष गोल्छाले बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक व्यवसायीका समस्या समाधान गर्न आफु विगत देखि नै लागि परेको बताउनुभयो । देशमा रेमिट्यान्स भित्र्याउन योगदान गर्ने व्यवसायीहरुका समस्या समाधान गर्ने विषयमा सँधै पक्षमा रहेर वकालत गरेको पनि ढकालले बताउनुभयो । अबपनि महासंघमा बसेर वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउन भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरुले आफुहरुमाथि राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनुपर्ने बताएका छन् । त्यसमा महासंघको साथ आवश्यक रहेको पनि व्यवासयीहरुले बताए । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी