×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सले संस्थापक समुहको साढे १ लाख कित्ता सेयर लिलामीमा बिक्री गर्ने, कस-कसले पाउँछ आवेदन दिन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

फर्स्ट माइक्रोफाइनान्सले संस्थापक समुहको साढे १ लाख कित्ता सेयर लिलामीमा बिक्री गर्ने, कस-कसले पाउँछ आवेदन दिन ?

Artha Sarokar

२५ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक समूहको १ लाख ५० हजार कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले उक्त सेयर मंसिर २८ गतेदेखि बिक्रीमा ल्याउने भएको हो । संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य २९५ रुपैयाँमा यो सेयर बिक्रि गर्ने भएको हो ।
लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा पुस १९ गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ कमलादी, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ भने लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी