×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरेलु लघुवित्त वित्तीय संस्थाले समता लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव पारित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

घरेलु लघुवित्त वित्तीय संस्थाले समता लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव पारित

१५ पुष २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले समता लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव पारित भएको छ । पुस १४ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । 
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्तको साधारणसभा काभ्रेको बनेपा स्थित पन्चकन्या बैंन्क्वेटमा सम्पन्न भएको हो । राष्ट्रिय स्तरको यस संस्थाले १० जिल्ला कार्यक्षेत्र रहेको समता लघुवित्तलाई गाभ्न लागेको हो । घरेलु लघुवित्तले १३ शाखा कार्यालयहरु स्थापना गरी विगत २ वर्षदेखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।
यस संस्थाले २०७७ मंसिर मसान्तसम्ममा ७ हजार ३ सय घर परिवारहरुमा सेवा विस्तार गर्दै ५९ करोड रुपैयाँ भन्दा बढी लगानी गरी लगानीमा रहिरहेको रकम ३० करोड ५९ लाख रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: