×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक घोटाला प्रकरण : फरार रहेका तत्कालिन सुन जाँचकी पद्यमचन्द्र ज्ञवाली पक्राउ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंक घोटाला प्रकरण : फरार रहेका तत्कालिन सुन जाँचकी पद्यमचन्द्र ज्ञवाली पक्राउ !

Artha Sarokar

१४ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी विकास बैंकको सुन धितो प्रकरणका मुख्य योजनाकार भनिएका तत्कालिन सुन जाँचकी पद्यमचन्द्र ज्ञवाली पक्राउ परेका छन् । बैंकको कुमारीपाटी शाखामा २०६७ सालदेखि ०७७ सालसम्म वरिष्ठ सुन जाँचकीका रुपमा काम गरेका थिए ।
उनले जागिर छाडेर अर्को कर्मचारी आएलगत्तै कमसल धितो राखेर साढे ७ करोड ऋण प्रवाह भएको भेटिएको थियो । सुन धितो प्रकरणमा बैंकका तीन शाखा प्रबन्धक पिंखु पालिखे, स्मृति राणा र अनिलसिंह सिजापतिसहितका अन्य कर्मचारीहरु यस अघिनै पक्राउ परिसकेका छन् । यता फरार रहेका तत्कालिन सुन जाँचकी ज्ञवालीलाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धान थालिएको सीआईबीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी